Like us!
Follow us!
Connect us!
Watch us!

बजेटको आँखा चिलको जस्तो हुनुपर्नेमा लाटोकोशेराको जस्तो भयो– ओली

अर्थ संसार

मंगलबार, २३ जेठ २०८०, १६ : १६ मा प्रकाशित

बजेटको आँखा चिलको जस्तो हुनुपर्नेमा लाटोकोशेराको जस्तो भयो– ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको बजेट नेपाल र नेपालीको राष्ट्रिय आकांक्षाप्रति विमुख रहेको बताएका छन् । समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने कुराभन्दा पनि बजेटमा अकर्मण्यता र शिथिलता मात्रै रहेको अध्यक्ष ओलीको आरोप छ । 

आज (मंगलबार) प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेटमा मुलुकको अर्थतन्त्रलाई सुदृढ गर्ने कुनै पनि भिजन नभएको दाबी गरे । बजेटमा चिलको आँखाको जस्तो भिजन हुनुपर्नेमा लाटोकोशेराको जस्तो भएको उल्लेख गर्दै उनले त्यसले मुलुकको अर्थतन्त्रलाई अघि बढाउन नसक्ने बताए । 

ओलीले बजेटबारे आफूले गरेको टिप्पणीलाई आलोचना गर्नभन्दा पनि उपलब्धिमा देखाउन सत्तारूढ गठबन्धनलाई चुनौती दिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको