Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकले ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रवन्धकमा हिमालयन क्यापिटल

अर्थ संसार

बुधबार, २४ जेठ २०८०, १५ : ५५ मा प्रकाशित

सिटिजन्स बैंकले ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रवन्धकमा हिमालयन क्यापिटल

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १० वर्ष अवधि भएको ‘१० प्रतिशत सिटिजन्स बैंक ऋणपत्र २०८०’ जारी गर्ने भएको छ । कम्पनीले ऋणपत्र निष्कासनका लागि हिमालयन क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो ।

बैंकले प्रति ऋणपत्र अंकित मूल्य १ हजार रुपैयाँका दरले जम्मा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो । सम्झौतामा सिटिजन्स बैकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल तथा हिमालयन क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले हस्ताक्षर गरेका छन् । उच्चतम प्रतिफल सहितको यस ऋणपत्रबाट दिर्घकालिन लगानी कर्ताहरु लाभांन्वित हुने विश्वास बैंकले लिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको