Like us!
Follow us!
Connect us!
Watch us!

देश आर्थिक मन्दीमा गइसक्योः राष्ट्रिय सभा सदस्य पौड्याल

अर्थ संसार

बुधबार, २४ जेठ २०८०, १६ : ३१ मा प्रकाशित

देश आर्थिक मन्दीमा गइसक्योः राष्ट्रिय सभा सदस्य पौड्याल

पूर्वपरराष्ट्र मन्त्री तथा राष्ट्रियसभा सदस्य बिमला राई पौड्यालले देश आर्थिक मन्दीमा गइसकेको टिप्पणी गरेकी छिन् । आज (बुधबार) राष्ट्रिय सभामा आर्थिक वर्ष २०८०८१ को बजेट छलफलमा भाग लिँदै उनले देशको पुँजीगत खर्च र राजस्व संकलनको तरलता हेर्दा देश आर्थिक मन्दीमा गइसकेको बताएकी हुन् । 

उनले भनिन्, ‘पुँजीगत खर्च र राजस्व संकलनको तरलता हेर्दा हाम्रो देश अहिले आर्थिक मन्दीमा गइसकेको छ । चालु आर्थिक वर्षमा मात्र तीन खर्ब राजस्व घट्ने देखिन्छ । यसको भार विकास खर्चमा पर्छ ।’ उनले अहिले ६ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य भनिए पनि मंसिरमा गएर संशोधन गरी कति प्रतिशतमा झर्ने हो टुंगो नभएको तर्क गरिन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको