Like us!
Follow us!
Connect us!
Watch us!

विमला राई पौड्यालको प्रश्नः नेपालको बजेट दिल्लीबाटै पास हुन लागेको हो?

अर्थ संसार

मंगलबार, २६ असार २०८०, १३ : ५९ मा प्रकाशित

विमला राई पौड्यालको प्रश्नः नेपालको बजेट दिल्लीबाटै पास हुन लागेको हो?

राष्ट्रिय सभा सदस्य एवम् पूर्व मन्त्री डा. विमला राई पौड्यालले आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट दिल्लीबाटै पास हुन लागेको हो ? भन्दै सरकारसँग प्रश्न गरेकी छिन् ।

आज (मंगलबार) राष्ट्रिय सभाको बैठकमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बनाउनका लागि व्यापारीहरू दिल्ली दौडाहामा गएको कुरा उल्लेख गरेको भन्दै बजेट कार्यक्रम पनि त्यतैबाट पास गर्न लागिएको हो भन्दै प्रश्न गरेकी हुन् । 

उनले असमान बजेट आउनुको कारणबारे संसद् र जनतालाई जानकारी दिन आग्रह गरिन् । छिमेकी देशसँगको नेपालको सम्बन्ध असमान हुँदै गइरहेको उनको भनाइ छ । 

उनले भनिन्, ‘प्रधानमन्त्रीले अस्ति त भनि नै हाल्नुभयो । प्रधानमन्त्री बन्नका लागि व्यापारीहरू दिल्ली दौडमा गएका कुरा आए पनि । बजेट कार्यक्रम पनि हामी त्यतैबाट पास गर्दैछौँ कि के हो ? परराष्ट्रले सहजीकरण गरिरहेको छ ? नत्र भने किन एकतर्फी हुन्छ बनेट ? हाम्रो छिमेकीसँगको सम्बन्ध असमान हुँदैछ, एकातिर ढल्किँदै छ, विचार गर्नुहोला । असंलग्न परराष्ट्र नीति छोडेका हौँ कि समातिएको छ, के भइरहेको छ ? यसमा जवाफ दिनुहोला ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको