Like us!
Follow us!
Connect us!
Watch us!

युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँड सम्पन्न : कसरी हेर्ने नतिजा ?

अर्थ संसार

विहीबार, २५ जेठ २०८०, १० : ३६ मा प्रकाशित

युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँड सम्पन्न : कसरी हेर्ने नतिजा ?

युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ ११ गते, बिहीबारदेखि जेठ १७ गतेसम्म निष्कासन गरेकाे थप सार्वजनिक निष्कानस (एफपीओ) आज जेठ २५ गते, बिहीबार बाँडफाँड भएकाे छ । उक्त एफपीओकाे बाँडफाँड आज बिहीबार बिहान ९ बजे निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडकाे कार्यालयमा गरिएकाे हाे । 

लघुवित्तले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ अंकित मूल्यका ३ लाख ७९ हजार ४२५ कित्ता साधारण सेयर एफपीओ मार्फत निष्कासन गरेकाे थियाे । 

मागभन्दा धेरै आवेदन परेकाे हुनाले संस्थाकाे एफपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएकाे थियाे । गाेलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ३७ हजार ९ सय ४२ जना लगानीकर्ताले १० कित्ताका दरले सेयर हात पारेका छन् । जसमध्ये ५ जनाले थप १ कित्ता अर्थात् ११ कित्ता सेयर हात पारेका छन् । 

यो एफपीओमा अन्तिम दिनसम्म कुल १३ लाख ५७ हजार १८० जना आवेदकले आवेदन दिएका थिए । जसमध्ये, १ हजार ४९३ जनाको आवेदन रद्द भएको थियाे ।

युनिक नेपाल लघुवित्त र घोडीघोडा लघुवित्त मर्ज भई बनेको यस लघुवित्तमा संस्थापक सेयर ९४.०१ प्रतिशत र सर्वसाधारण सेयर ५.९९ प्रतिशत भएकोले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने गाभिनेका लागि अन्तिम स्वीकृति पत्र प्रदान गर्दा दिएको निर्देशनपछि संस्थाले एफपीओ निष्काशन गरेकाे हो । हाल लघुवित्तको चुक्ता पूँजी ११ करोड ६ लाख ३२ हजार ५०० रुपैयाँ रहेको छ । एफपीओ बाँडफाँट पश्चात् लघुवित्तको चुक्ता पूँजी १४ करोड ८५ लाख ७५ हजार रुपैयाँ पुग्नेछ। जसमा संस्थापक समूहको सेयर स्वामित्व ७० प्रतिशत रहनेछ भने सर्वसाधारणको ३० प्रतिशत रहनेछ ।

कसरी हेर्ने नतिजा ?

युनिक नेपाल लघुवित्तको एफपीओकाे नतिजा निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडकाे वेबसाइट, युनिक नेपाल लघुवित्तको वेबसाइट, मेराे सेयर र सिडिएसले नतिजा हेर्नका लागि सञ्चालनमा ल्याएकाे वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिन्छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको