Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रियसभामा बजेटमाथिको सामान्य छलफल सम्पन्न

अर्थ संसार

शुक्रबार, २६ जेठ २०८०, १३ : ०५ मा प्रकाशित

राष्ट्रियसभामा बजेटमाथिको सामान्य छलफल सम्पन्न

राष्ट्रियसभामा आर्थिक वर्ष २०८०–८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल सम्पन्न भएको छ । 

बजेटमाथिको सामान्य छलफल सम्पन्न भएपछि राष्ट्रियसभाको आजैको दोस्रो बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ । राष्ट्रियसभामा यही जेठ २४, २५ र २६ गते बजेटमाथि सामान्य छलफल भएको थियो । 

यही जेठ २४ गतेको बैठकमा अर्थमन्त्री डा. महतले ‘आर्थिक वर्ष २०८०–८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भनी प्रस्ताव गरेका थिए । 

सरकारले यही जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरेको थियो । राष्ट्रियसभाको अर्को बैठक आजै १६ मिनेटपछि बस्नेछ ।-रासस/File Photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको