Like us!
Follow us!
Connect us!
Watch us!

पाकिस्तानको राष्ट्रिय सभा ९ अगस्टमा विघटन हुँदै

अर्थ संसार

शुक्रबार, १९ साउन २०८०, १४ : ५५ मा प्रकाशित

पाकिस्तानको राष्ट्रिय सभा ९ अगस्टमा विघटन हुँदै

पाकिस्तानको राष्ट्रिय सभा ९ अगस्टमा विघटन हुँदैछ । देशका प्रधानमन्त्री शहबाज सरिफले बिहीबार राति आफ्नो सरकारी निवासबाट उक्त घोषणा गरेका हुन्। सांसदहरुको सम्मानमा आयोजित रात्रिभोजमा संसदीय दलका नेताहरुको बैठकपछि यस्तो निर्णय गरिएको हो ।

रात्रिभोजमा प्रधानमन्त्री सेहबाजले कार्यवाहक प्रधानमन्त्री र कार्यवाहक सरकारको व्यवस्थाका बारेमा सबैसँग छलफल गरेका थिए । अगस्ट ९ मा प्रधानमन्त्री सेहबाज सरिफले राष्ट्रिय सभा भंग गर्न राष्ट्रपतिलाई औपचारिक सल्लाह पठाउने छन् । 

संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले ४८ घण्टाभित्र विघटन कार्यान्वयनका लागि सिफारिसमा हस्ताक्षर गर्नुपर्छ । राष्ट्रपतिले कुनै कारणवश सल्लाहमा हस्ताक्षर नगरेमा सभा स्वतः विघटन हुनेछ।

प्रधानमन्त्री सेहबाजले विपक्षीसँग तीन दिनसम्मको छलफलपछि कार्यवाहक प्रधानमन्त्रीको नाम राष्ट्रपतिसमक्ष पेश गर्ने आश्वासन दिएका छन् । 

तर, यस विषयमा सहमति नभए पाकिस्तानको निर्वाचन आयोगले हस्तक्षेप गरी प्रस्तावित नामहरूबाट कार्यवाहक प्रधानमन्त्री पदका लागि उम्मेदवार मनोनयन गर्नेछ।-Photo Source: Agency

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको