८ एमजि भेइकलको लागि नेपालका एक मात्र आधिकारिक आयातकर्ता र वितरक पारामाउन्ट मोटर्स प्रालिले नयाँ मोडलको विद्युतीय गाडी एसयुभि एमजि जेडएस इभि (डिलक्स) को प्रि–बुकिङ खुल्ला गरेको छ । आर्थिक वर्ष २०८०÷८१ को बजेट भाषणमा ५० किलो वाट देखि १०० किलो वाट सम्मको विद्युतीय गाडीमा अत्याधिक कर बृद्धि भएतापनि एमजिको यस मोडलको गाडीको मुल्य जम्मा रु ५२.९९ लाख मात्र तोकिएको छ । बजेट भाषण अगाडि यस गाडीको मुल्य रु ५२.४९ लाख रहेको थियो ।
विद्युतीय गाडीमा भएको कर वृद्दि भएता पनि जेडएस इभि. (डिलक्स) मोडलको गाडीको मुल्यमा खासै फरक नपरेको कम्पनी अर्थात प्यारामाउन्ट मोटर्सले बजेट घोषणा हुनुअघि पैठारी गरिएका स्टकमा ग्राहकले अझै पनि पुरानो मूल्य रु ५२.४९ लाखमा पाउने उल्लेख गरे ।
नयाँ एमजि जेड एस. इभि. (डिलक्स) ९९ मोटर पीक पावरले सुसज्जित छ जसले 280 Nm अधिकतम टर्क प्रदान गर्ने र 51kwh ब्याट्री क्षमताले एकल चार्जमा 320km (WLTP)* को दायरा दिने, ३० मिनेट भित्र ८०% सम्म चार्ज सकिने र ८ वर्षको ब्याट्री वारेन्टी रहेको विज्ञप्तिमा उल्लेख छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस