नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका ग्राहकलाई विद्युतीय भुक्तानीका उपकरणबाट हुने ठगी धन्दाबाट सजग हुन आग्रह गरेको छ । केन्द्रीय बैंकले आज (बिहिबार) एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो।
पछिल्लो समय विद्युतीय भुक्तानी उपकरणमा ठगी धन्दा बढेको भन्दै केही गरी आफ्नो मोबाइल नम्बरमा वान टाइम पासवर्ड (ओटीपी) नम्बर आए त्यो जानकारी आफ्नो सम्बन्धित बैक वा राष्ट्र बैंकमा जानकारी गराउन पनि अनुरोध गरिएको छ ।
‘विगत केही समयदेखि अनधिकृत व्यक्तिहरुले बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायकको कर्मचारी भएको भनी ग्राहकहरुलाई ग्राहक पहिचान (केवाईसी) सम्बन्धी विवरण अद्यावधिक गर्न सम्बन्धित ग्राहकबाट ओटीपीरनिश्चित अंकको नम्बररनम्बर उल्लेख भएको म्यासेजजस्ता विवरण माग्ने गरेको बुझिएको छ’, सूचनामा भनिएको छ, ‘यस्ता अनधिकृत व्यक्तिले ग्राहकको मोबाइल बैंकिङ इन्टरनेट बैंकिङ–कनेक्ट आईपीएसरवालेटजस्ता विद्युतीय भुक्तानीका साधनको पासवर्ट रिसेट गरी ग्राहकको खातामा आफ्नो पहुँच पुयाई ग्राहकको खाताबाट विभिन्न बैंक तथा वित्तीय संस्था एवम् वालेटहरुमा रकमान्तर गर्ने प्रवृत्ति बढेको पाइएको छ।’
यस सन्दर्भमा यस्ता ठगीबाट जोगिनका लागि अपरिचित व्यक्तिले माग गरेको कुनै पनि सूचनाहरु उपलब्ध नगर्नु नगराउनु हुन राष्ट्र बैंकले आग्रह गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस