Like us!
Follow us!
Connect us!
Watch us!

१५ प्रतिशत लाभांश प्रस्तावसहित सामुदायिक लघुवित्तले डाक्यो साधारण सभा, बुक क्लोज कहिले?

अर्थ संसार

शुक्रबार, ०१ असार २०८०, १० : ३९ मा प्रकाशित

१५ प्रतिशत लाभांश प्रस्तावसहित सामुदायिक लघुवित्तले डाक्यो साधारण सभा, बुक क्लोज कहिले?

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नवौँ वार्षिक साधारणसभा डाकेको छ । कम्पनीको जेठ ३२ गते बसेको सञ्चालक समितिको बैठकले सभा असार २२ गते काभ्रेको धुलिखेल–३ नयाँगाउँमार्गस्थित धुलिखेल लज रिसोर्टमा विहान ११ बजेदेखि सुरु गर्ने निर्णय गरेको हो । 

सभाले आर्थिक वर्ष २०७८।७९का लागि प्रस्तावित चुक्तापुँजीको कुल १५ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गर्नेछ । जसमा १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ ।

सभाले बोनस सेयर वितरणपछि संस्थाको जारी र चुक्तापुँजी बढ्ने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ ।

सभाले आर्थिक वर्ष २०७८–७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्ने र संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले अन्य लघुवित्त संस्थासँग मर्जर प्रक्रिया अगाडि बढाउन उपयुक्त देखिएमा सम्पूर्ण कार्य गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ। बिपिडब्लु लघुवित्तसँगको मर्जर कार्यको प्रक्रिया अगाडि बढाउने सञ्चालक समितिको निर्णय सभाले पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि असार १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असार १३ गतेसम्म कायम सेयरधनीहरुले मात्रै लघुवित्तको लाभांश पाउन र सभामा भाग लिन पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको