Like us!
Follow us!
Connect us!
Watch us!

एक लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन नजिकियो, छुट्नुहोला?

अर्थ संसार

मंगलबार, १२ असार २०८०, १२ : ३३ मा प्रकाशित

एक लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन नजिकियो, छुट्नुहोला?

एक लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन नजिकिएको छ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि (असार १३ गते) अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजनार्थ कम्पनीले असार १४ गते बुक क्लोज गर्ने भएको हुँदा असार १३ गतेसम्म कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्ने सक्नेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले नवौं वार्षिक साधारण सभा असार २२ गतेका लागि बोलाएको छ । सभा धुलिखेल लज रिसोर्ट धुलिखेल ३ नयाँगाउँमार्ग काभ्रेपलाञ्चोकमा बिहान ११ बजे बस्ने गरी आह्वान गरेको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवदेन माथि छलफल गरी पारित गर्नेछ भने चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले अन्य लघुवित्त संस्थासँग मर्जर प्रक्रिया अगाडि बढाउन उपयुक्त देखिएमा सम्पूर्ण कार्य गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ । बिपिडब्लु लघुवित्तसँगको मर्जर कार्यको प्रक्रिया अगाडि बढाउने सञ्चालक समितिको निर्णय सभाले पारित गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको