Like us!
Follow us!
Connect us!
Watch us!

एक लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, छुट्नुहोला !

अर्थ संसार

बुधबार, १३ असार २०८०, १० : २९ मा प्रकाशित

एक लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, छुट्नुहोला !

एक लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । साधारण सभा प्रयोजनार्थ कम्पनीले असार १४ गते बुक क्लोज गर्ने भएको हुँदा असार १३ गतेसम्म कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्ने सक्नेछन् ।

सभामा गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र करसहित ५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ । अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेका सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिइने भएको छ ।

सभा मार्फत संस्थापक समूहको सेयरधनीको तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालकहरुको नियुक्ति अनुमोदन पनि गरिने छ । कम्पनीको सभा धुलीखेल लज रिसोर्ट, नयाँगाउँमार्ग काभ्रेपलान्चोकमा बिहान ११ बजे देखि सुरु हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको