Like us!
Follow us!
Connect us!
Watch us!

विश्वकप छनोट : अमेरिकासँग भिड्दै नेपाल, सम्भावना कायम राख्न जित निकाल्नै पर्ने

अर्थ संसार

मंगलबार, ०५ असार २०८०, ०८ : ०८ मा प्रकाशित

विश्वकप छनोट : अमेरिकासँग भिड्दै नेपाल, सम्भावना कायम राख्न जित निकाल्नै पर्ने

आइसीसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेपालले आज आफ्नो दोस्रो खेल अमेरिकासँग खेल्दै छ। 

आजको खेल जिम्बावेको राजधानी हरारेको ताकासिंगा क्रिकेट क्लबमा नेपाली समय अनुसार १२:४५ बजे सुरु हुनेछ। 

पहिलो खेलमा नेपालले जिम्बावेसंग हार बेहोरेको थियो भने .अमेरिकाले वेस्ट इन्डिजसँग हार बेहोरेको थियो। दुबैको विश्वकपको सुपर सिक्सकोआशा कायम राख्न जित्नै पर्ने अवस्थामा छन्। आजको खेलमा जित निकाल्न सके मात्र सुपर सिक्स सम्भावना जीवित हुन सक्छ। 

१० टिम सहभागी प्रतियोगितामा नेपाल समूह ‘ए’ मा  छ। समूहमा नेपालसहित वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका छन्।  वेस्ट इन्डिज दुई पटकको विश्व विजेता भैसकेको टिम हो। तेस्तै समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई रहेका छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको