Like us!
Follow us!
Connect us!
Watch us!

सेयर ब्रोकरलाई जुनसुकै बेला पनि लाइसेन्स दिने व्यवस्था गर्नुपर्छः मेटमणि चौधरी

अर्थ संसार

मंगलबार, ०५ असार २०८०, १० : ३३ मा प्रकाशित

सेयर ब्रोकरलाई जुनसुकै बेला पनि लाइसेन्स दिने व्यवस्था गर्नुपर्छः मेटमणि चौधरी

नेकपा (एकीकृत समाजवादी)का सांसद एवं पूर्वमन्त्री मेटमणि चौधरीले सेयर ब्रोकरलाई जुनसुकै बेलापनि लाइसेन्स दिने व्यवस्था गर्नुपर्ने बताएका छन्। आज (मंगलबार) सोहि विषयलाई लिएर बसेको अर्थ समितिको बैठकमा उनले यस्तो बताएका हुन् । 

उनले तीन–तीन वर्षमा ब्रोकर थप्ने व्यवस्थालाई हटाउनुपर्ने माग गरेका छन् । उक्त व्यवस्थालाई हटाएर जुनसुकै समयमा अनुमति लिन सक्ने व्यवस्था गर्न उनले सुझाए। 

ब्रोकरको लागि तोकिएको रकम पनि धेरै भएको भन्दै यसलाई संशोधन नगरे फेरि पनि सिन्डिकेट हुने उनको भनाइ छ। उक्त विषयमा जाँचबुझ गर्ने निर्णय अघिल्लो बैठकले गरिसकेको हुँदा समिति बनाइ यसको समाधानतर्फ उन्मुख हुनुपर्ने उनले बताए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको