कनेक्ट आईपीएसले ‘रिफर अ फ्राइन्ड २.०’ अफर सार्वजनिक गरेको छ । जसअनुसार प्रयोगकर्ताहरुले आफ्ना साथी, परिवार तथा आफन्तजनहरुलाई कनेक्ट आईपीएसमा रजिष्टर हुन रिफर गर्न सक्नेछन् ।
उक्त अफरअन्तर्गत असार ५ गते देखि असार ३१ गतेसम्म 'Referee'ले आफ्नो बैंक खाता भेरिफाई गराएपछि 'Referrer' ले रु २५ र Referee ले रु ५० आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन् ।
बैंकका ग्राहकहरुका लागि एकै प्ल्याट्फर्म मार्फत एक भन्दा बढी खाता लिंक गरी फण्ड ट्रान्स्फर लगायत विभिन्न भुक्तानीहरु गर्नका निम्ती एक सजिलो माध्यम हो । यसको मार्फत प्रति कारोबार रु २० लाख सम्म र यसको मोबाइल एप मार्फत प्रति कारोबार २ लाख सम्मको भुक्तानी गर्न सकिन्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस