Like us!
Follow us!
Connect us!
Watch us!

बालेनको गतिविधिप्रति असन्तुष्टि जनाउँदै शिक्षा सल्लाहकार रेशु अर्यालले दिइन् राजीनामा

अर्थ संसार

बुधबार, ०६ असार २०८०, १४ : २५ मा प्रकाशित

बालेनको गतिविधिप्रति असन्तुष्टि जनाउँदै शिक्षा सल्लाहकार रेशु अर्यालले दिइन् राजीनामा

शैक्षिक मेला, फिल्म बन्द गराउनेलगायतका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)का गतिविधिप्रति असन्तुष्टि जनाउँदै शिक्षा सल्लाहकार रेशु अर्याल ढुंगानाले पदबाट राजीनामा दिएकी छिन् । मेयर शाहको पछिल्लो गतिविधिप्रति असन्तुष्टि जनाउँदै अर्यालले पदबाट राजीनामा दिएकी हुन् ।

महानगरको मेयरमा निर्वाचित भएपछि शैक्षिक सल्लाहकारमा नियुक्त भएकी अर्यालले सामाजिक सञ्जालबाट मेयर शाहको गतिविधिप्रति चित्त नबुझेपछि राजीनामा दिएको उल्लेख गरेकी छिन् ।

पछिल्लो समया संस्थागत विद्यालयमा अनिवार्य १० प्रतिशत छात्तवृत्तिमा कडाइ गरेका बालेनले १३ हजार विद्यार्थीहरुलाई छात्तवृत्तिमा अटाएका थिए । हालै भृकुटीमण्डपमा भएको एक शैक्षिक मेलासमेत बालेनले बन्द गराएका थिए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको