Like us!
Follow us!
Connect us!
Watch us!

नियमित करदाताले पुस मसान्तसम्म कर तिरे महानगरले १० प्रतिशत छुट दिने

अर्थ संसार

शुक्रबार, १२ साउन २०८०, ११ : १८ मा प्रकाशित

नियमित करदाताले पुस मसान्तसम्म कर तिरे महानगरले १० प्रतिशत छुट दिने

काठमाडौं महानगरले चालु आर्थिक वर्षका लागि करदातालाई कर छुट सुविधा उपलब्ध गराएको छ । महानगरले उक्त सुविधा आर्थिक ऐन, २०८० अनुरूप उपलब्ध गराएको हो ।

उक्त सुविधा महानगरमा स्थायी बसोबास भएका व्यक्तिलाई नागरिकता, मतदाता परिचयपत्र वा बसाइँसराइ प्रमाण पत्रका आधारमा दिइनेछ । उपलब्ध गराइएका कर छुटका शीर्षकमा सम्पत्ति कर, बहाल कर, व्यवसाय करमा अवधि तोकेर छुट सुविधा उपलब्ध गराइएको छ ।

छुट सुविधा वडा कार्यालयबाट लिन सकिने जनाइएको छ । नियमित कर दाखिला गर्ने सम्पत्ति कर र व्यवसाय बहाल करदातालाई २०८० पुस मसान्तसम्म उल्लेखित शीर्षकमा १० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।

‘महानगरले तीर्न/बुझाउनपर्ने सम्पत्ति कर/बहाल कर/व्यवसाय करमा दिएको छुट सुविधा लिन आग्रह गरेको छ । सम्पत्ति, व्यवसाय र बहाल कर नियमित तिर्नेलाई आउँदो पुस मसान्तसम्म तिरेमा चालु आर्थिक वर्षको कर रकमको १० प्रतिशत छुट हुने’ महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

महानगर क्षेत्रभित्र सञ्चालित होटल, रिसोर्ट वा चलचित्र घरको नाममा घरजग्गा भई वा लिजमा लिएर होटल, रिसोर्ट वा चलचित्र घर निर्माण गरी सञ्चालन गरेका करदातालाई बक्यौतासहितको सम्पत्ति करमा ३० प्रतिशतसम्म छुट दिइएको छ । यो सुविधा पुस मसान्तसम्मको लागि मात्र हो ।-File Photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको