Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

आइतबार, १० असार २०८०, १३ : २४ मा प्रकाशित

प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा

प्रभु बैंकले ६ लाख १ हजार २३४ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । संस्थापक सेयरधनी कमल श्रेष्ठ, राकेशकुमार सरावगी, ग्लोबल आइएमई समुन्नत योजना–१ र सविता दली जोशी रहेका छन्।

संस्थापक सेयरधनीहरु कमल श्रेष्ठको २ लाख ५० हजार कित्ता, राकेशकुमार सरावगीको २ लाख १५ हजार ८५३ कित्ता, ग्लोबल आइएमई समुन्नत योजना–१को १ लाख २८ हजार ३८१ कित्ता र सविता दली जोशीको ७ हजार कित्ता सेयर छन्।

यस सेयर हाल कायम संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन  पाउने छन् भने  इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र काठमाडौँको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा खरिद आवेदन दिनुपर्नेछ।

तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको