आज (बुधबार) नेप्से परिसूचक ३५.३७ अंकले घटेको छ । नेप्से ३५.३७ अंकले घट्दा नेप्से इन्डेक्स २१५०.९९ विन्दुमा पुगेको हो । नेप्सेमा गिरावट आएपनि आज कारोबार रकममा सुधार देखिएको छ । आज ५ अर्ब ९७ करोड २२ लाख ८६ हजार माथिको कारोबार भएको हो ।
आज ३६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १८८ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । नेप्सेमा घटेपनि आज हिमालयन लाइफ इन्स्योरेन्सको कारोबार अब्बल रह्यो । आज लाइफ इन्स्योरेन्समा लगानीकर्ताहरुको आकर्षण देखिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस