आज (बुधबार) सेयर बजारमा गिरावट आएको छ । अघिल्लो दिन हाफसेञचरी पार गरेको सेयर बजार आज ३५.३७ अंकले घटेर २१५०.९९ को बिन्दुमा कायम भएको हो ।
बुधबार सेयर बजार उच्च अंंकले घटेसँगै इङ्वा हाइड्रोपावर कम्पनीको सेयरमूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयरमूल्य ६.६४ प्रतिशतले घटेर २९४ रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, आज खप्तड लघुवित्त, तारागाउँ रिजेन्सी होटल, मकर जितुमाया सूरी हाइड्रोपावर लगायत अन्य कम्पनीको सेयरमूल्य घटेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस