Like us!
Follow us!
Connect us!
Watch us!

विद्यार्थी गुरूको ढाड खुस्काउँछ, सरकार मुद्दा फिर्ता लिन्छः ओली

अर्थ संसार

विहीबार, १४ असार २०८०, १३ : १८ मा प्रकाशित

विद्यार्थी गुरूको ढाड खुस्काउँछ, सरकार मुद्दा फिर्ता लिन्छः ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संस्कृति र सभ्यताको जग बसाल्ने देशले प्रोफेसर कुट्ने विद्यार्थीमाथिको मुद्दा फिर्ता लिनु दूभाग्यपूर्ण रहेको बताएका छन् । आज (बिहीबार) मदन भण्डारी मेमोरियल कलेजले २२औं वार्षीक उत्सवलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । 

ओलीले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्नेविरूद्ध मुद्दा फिर्ता लिएकोप्रति आपत्ति जनाए। ‘बडा दुःखद् कुरा हो, हाम्रोजस्तो सभ्यता बसाल्ने देश, गुरू देवो भवः भन्ने देश, गुरूको ढाड खुस्क्याउँछ, टाउको फुटाउँछ, करङ भाँच्दिन्छ, बहादुरी देखाउँछ। त्यस्ताहरूलाई प्रोत्साहन दिएर सरकार मुद्दा फिर्ता लिन्छ। प्रोफेसर कुट्न किन पाइँदैन रु मज्जाले पाइन्छ भनेर,’उनले भने,‘गुरू हाम्रो खालको होइन रहेछ, विद्यार्थी हाम्रो खालको रहेछ, हाम्रो खालको मास्टर पड्काउन पाइन्छ भन्छ सरकार। मुद्दा फिर्ता लिन्छ।’-File Photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro Viber

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको