Like us!
Follow us!
Connect us!
Watch us!

श्रीलङ्काको ‘घरेलु ऋण’ अनुकूलन संसदबाट पारित

अर्थ संसार

आइतबार, १७ असार २०८०, ११ : २९ मा प्रकाशित

श्रीलङ्काको ‘घरेलु ऋण’ अनुकूलन संसदबाट पारित

श्रीलङ्काको घरेलु ऋण अनुकूलनसम्बन्धी प्रस्ताव केही विपक्षी सांसदहरूको समर्थनमा शनिबार संसद्मा बहुमतले पारित भएको छ  । उक्त प्रस्तावको पक्षमा १२२ र विपक्षमा ६२ सांसदले मतदान गरेका थिए। श्रीलङ्का संसद्का सभामुख महिन्दा यापा अबेवर्देनाले संशोधनसहितको प्रस्ताव पारित भएको संसदलाई जानकारी दिएका छन् ।

विपक्षी सांसद वडिवेल सुरेश, कुमारा वेलगामा र स्वतन्त्र सांसद अनुरा प्रियदर्शन यापा र डा. सुदर्शनी फर्नान्डोपुल्ले प्रस्तावको पक्षमा मतदान गरेको कोलम्बो ग्याजेटले उल्लेख गरेको छ ।

संसद्ले शनिबार घरेलु कर्जा अनुकूलन सम्बन्धी प्रस्तावमाथि पूर्णता दिन बहस गर्ने निर्णय गरेको थियो । यसअघि सार्वजनिक वित्त समिति (सीओपीएफ)ले घरेलु ऋण अप्टिमाइजेसनसम्बन्धी प्रस्तावलाई बहुमतले स्वीकृत गरेको थियो।

यसअघि डा. हर्ष डे सिल्भाको अध्यक्षतामा रहेको सार्वजनिक वित्त समितिमा घरेलु ऋण अप्टिमाइजेसनबारे विस्तृत छलफल भएको थियो ।

कोलम्बो ग्याजेटका अनुसार श्रीलङ्काको केन्द्रीय बैंक ९सीबीएसएल० का गभर्नर डा. नन्दलाल वीरासिंघे, कोष सचिव केएम महिन्दा सिरिवर्द्धना र अर्थ, आर्थिक स्थिरता र राष्ट्रिय नीति मन्त्रालयका उच्च अधिकारीहरूसँग पनि छलफल भएको थियो। आर्थिक सङ्कटको सामाना गरिरहेको श्रीलङ्काले  यसबाट मुक्ति  पाउँनका लागि विभिन्न किसिमका आर्थिक र  राजनीतिक उपायहरू अवलम्वन गरिरहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको