साताको पहिलो दिन अर्थात आइतबार सेयर बजार उच्च अंकले घटेको छ । आज सेयर बजार ५३.७० को अंकले घटेर २०९७.२९ को विन्दुमा कायम भएको हो ।
नेप्से घटेपनि आज हिमालयन लाइफको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको आज ४२ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कम्पनीको सेयर मूल्य आज ५४९ रुपैयाँमा बन्द भएको छ ।
गत सातादेखि नै शिवम सिमेन्टस् र सोल्टि होटलको सेयरमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ। आज पनि कायमै छ । त्यस्तै, सूर्या ज्योति लाइफ, आईएमई प्रुडेन्सियल इन्स्योरेनस, हिमालयन डिष्टलरी, एशियन लाइफ,नागरिक लगानी कोष, हिमालयन एभरेष्ट इन्स्योरृेन्स र स्भावलम्बन लघुवित्तको सर्वाधिक कारोबार भएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस