साता कारोबारको पहिलो दिन अर्थात आइतबार सेयर बजार उच्च अंकले घटेको छ । आज सेयर बजार ५३.७० को अंकले घटेर २०९७.२९ को विन्दुमा कायम भएको हो ।
सेयर बजारमा उच्च अंकले गिरावट आएसँगै सिर्जनशिल लघुवित्तको सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयरमूल्य ९.३२ प्रतिशतले घटेर ११२९ रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, माउण्टेन इनर्जि नेपाल, ग्रामिण विकास लघुवित्त, साधना लघुवित्त, गुराँस लघुवित्त, आशा लघुवित्त लगायत अन्य कम्पनीको सेयर मूल्यमा सर्वाधिक गिरावट आएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस