Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से एक कम्पनीको सेयर सूचीकृत, कति पायो आपनिङ्ग रेन्ज?

अर्थ संसार

आइतबार, १७ असार २०८०, १५ : ५९ मा प्रकाशित

नेप्से एक कम्पनीको सेयर सूचीकृत, कति पायो आपनिङ्ग रेन्ज?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार १ कम्पनीको सेयर सूचीकृत भएको छ । स्टकका अनुसार आज सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको आइपीओ सेयर सूचीकृत भएको हो । 

सिवाईसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्तबीचको मर्जरपछि सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको नामबाट सेयर कारोबारमा आउन लागेको हो। यी दुवै लघुवित्तले मर्जर प्रक्रिया पूरा गरी गत फागुन ३० गतेबाट एकीकृत कारोबार पनि सुरु गरिसकेका छन्। 

सिवाईसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्त १ः०.७० सेयर स्वाप रेसियोमा मर्ज भएका हुन्। मर्जरपछि कुल १० लाख ८२ हजार ९०० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। 

कम्पनीको सेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम ११७१.८५ रुपैयाँ ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोही आधारमा सोमबारदेखि कम्पनीको सेयर कारोबार खुल्नेछ ।

साथै, सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट धितोपत्रको सूचीकरण गरी मर्जर प्रयोजनको लागि रोक्का रहेको उक्त कम्पनीको सेयर कारोबार फुकुवा गरिएको छ ।

यस्तो छ नेप्सेले जारी गरेको विज्ञप्ति :

साबिकको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र आधिँखोला लघुवित्त वित्तीय संस्था लिमिटेड एकआपसमा गाभ्ने/गाभिने (मर्जर) गर्दा १:०.७० को अनुपातमा कायम हुन आएको प्रति शेयर अंकित तथा चुक्ता मूल्य रु. १००/- दरको शेयर क्रम संख्या १५,८१,३४५ देखि २६,६४,२४४ सम्मको कुल १०,८२,९०० कित्ता शेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम यस स्टक एक्सचेञ्ज लिमिटेडमा कारोवार हुनका लागि संलग्न सम्झौता बमोजिमका शर्तहरु पालना गर्ने गरी मिति २०८०/०३/१७ को निर्णयानुसार सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट धितोपत्रको सूचीकरण गरिएको र मर्जर प्रयोजनको लागि रोक्का रहेको उक्त कम्पनीको शेयर कारोबार फुकुवा गरिएको व्यहोरा निर्णयानुसार जानकारी गराउँदछु ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको