नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीको लगानी योग्य रकम नेपाली रुपैयाँ ‘क’ र ‘ख’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा एक वर्ष वा सो भन्दा बढी अवधिको मुद्दती निक्षेपमा लगानी गर्ने जनाएको हो ।
राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’ र ‘ख’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुले लिन चाहेको रकम र ब्याजदर उल्लेख गरी कम्पनीले तोकेको कोटेसनसम्बन्धी फाराम भरी अबको सात दिन भित्र केन्द्रिय कार्यालयमा आवेदन दिन सकिनेछ ।
साथै, प्रस्तावको मान्य अवधि एक महिनाको हुनुपर्ने कम्पनीले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस