Like us!
Follow us!
Connect us!
Watch us!

मर्जर प्रयोजनका लागि नेप्सेले गर्यो धौलागिरी र खप्तड लघुवित्तको सेयर कारोबार रोक्का

अर्थ संसार

मंगलबार, १९ असार २०८०, १५ : ५४ मा प्रकाशित

मर्जर प्रयोजनका लागि नेप्सेले गर्यो धौलागिरी र खप्तड लघुवित्तको सेयर कारोबार रोक्का

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले धौलागिरी र खप्तड लघुवित्तको सेयर कारोबार रोक्का गरेको छ। नेप्सेले भोलि (बुधबार)देखि लागू हुने गरी धौलागिरी र खप्तड लघुवित्तको सेयर कारोबार रोक्का गर्ने निर्णय गरेको हो। 

मर्जर प्रयोजनका लागि नेप्सेले यी दुवै लघुवित्तको सेयर कारोबार रोक्का गरेको भनिएको छ । धौलागिरी लघुवित्त र खप्तड लघुवित्तले मर्जर प्रक्रिया पूरा भोलि असार २० गतेबाट एकीकृत कारोबार सुरु गर्दैछन्। मर्जर प्रक्रियापश्चात धौलागिरी लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु गर्ने भएको हो। 

गत जेठ २४ गते नेपाल राष्ट्र बैंकले धौलागिरी लघुवित्त र खप्तड लघुवित्तको मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति दिएको थियो। यसअघि गत वैशाख २६ गते आयोजित दुवै लघुवित्तको वार्षिक साधारणसभाले मर्जर प्रक्रियालाई स्वीकृत गरेको थियो। 

नेप्सेले जारी गरेको सूचना यस्तो छ:

उपरोक्त सम्बन्धमा यस स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकृत कम्पनीहरु धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको मिति २०८०–०३–१३ र खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको मिति २०८०–०३–१३ को पत्रानुसार उक्त संगठित संस्थाहरु बीच एक आपसमा गाभ्नेरगाभिने कार्य सम्पन्न भई मिति २०८०–०३–२० गते देखि धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार शुरु गर्ने व्यहोराको पत्र प्राप्त भएकोले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्नेरगाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को दफा ९(३) बमोजिम उक्त संगठित संस्थाहरुको शेयर कारोबार मिति २०८०–०३–२० गते देखि लागू हुने गरी रोक्का राखिएको व्यहोरा निर्णयानुसार अनुरोध छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको