संसारको हरेक चीज पुरानो भएपछि नष्ट भएर जान्छ । मानिस पनि जन्मन्छ, हुर्कन्छ, वृद्ध हुन्छ र अन्त्यमा उसको मृत्यु हुन्छ । संसार विचित्रको छ ।
संसारमा कुनै पनि वस्तु स्थायी छैन । जुन जन्मन्छ, त्यो मर्छ । संसारको हरेक चीज पुरानो भएपछि नष्ट भएर जान्छ । ज्येष्ठ नागरिक भनेका हरेक घरका गहना हुन् ।
उनीहरुको स्वास्थ्य, रेखदेख, सुरक्षा एवं पुनस्र्थापनाका लागि उपयोगी कार्यक्रमको कमी, आर्थिक अवस्था, सरकारी तथा गैरसरकारी क्षेत्रबाट सञ्चालित कार्यक्रममा पनि समन्वयको कमी, समुदायमा सकारात्मक भावनाको अपेक्षित विकास नहुनु, युवाहरूमा वृद्धवृद्धाप्रति सकारात्मक सोचको अभाव एवं पाश्चात्य संस्कृतिको प्रभावका कारण अझै हाम्रो समाजमा वृद्धवृद्धाहरूको अधिकार संरक्षण गर्न सकिएको छैन ।
धनी देशहरूमा स्वास्थ्य बिमा, वृद्धवृद्धाहरूका लागि विशेष खालका अस्पताल तथा सामाजिक संरक्षणजस्ता सुविधाका कारण जीवनरक्षा सुनिश्चित छ तर हाम्रो देशमा वृद्धवृद्धाहरूको जीवन कष्टकर छ ।
आजको समाजमा वृद्धहरूका लागि कुनै स्थानै दिइएको पाइँदैन । नेपालमा भएका कुनै वृद्धाश्रमलाई लिऊँ । त्यहाँ रहेका वृद्धवृद्धाहरूको अवस्था दयनीय छ ।
ती वृद्धवृद्धाले उमेरमा आफ्नो जीवनको अमूल्य समय, रगत एवं पसिना यो समाज तथा घरपरिवारलाई दिएकै हुन् ।
सकुन्जेल अरूका लागि पसिना बगाएर नसक्ने अवस्थामा समाज तथा घरपरिवारबाट अपहेलित भएर तिरस्कृत जीवन बिताउनुपर्ने यो कस्तो बाध्यता वा विडम्बना हो रु ती वृद्धवृद्धाहरूको अरूसरह बाँच्न पाउने अघिकार खोइ रु उनीहरूको अधिकारका लागि कसले लड्ने ?
जिवनभर ७० प्रतिशत रोग वृद्धावस्थामै लाग्छ । सरकारले सार्वजनिक सेवा विशेषगरी यातायात, सञ्चार र स्वास्थ्यमा ज्येष्ठ नागरिकहरूलाई विशेष सुविधा दिने योजना बनाए पनि हालसम्म नेपालमा कुनै पनि अस्पतालमा वृद्धवृद्धाहरूका लागि छुट्टै वार्डको व्यवस्था गरिएको छैन । हामीले देखेका छौं, अस्पतालहरूमा अन्य उमेरका वयस्कहरू सँगै वृद्धहरूलाई पनि भर्ना गरिन्छ ।
अरूसरह उपचार गरिन्छ । तर वृद्धावस्थामा पुगेपछि शरीरका विभिन्न प्रणालीको कार्यक्षमतामा पनि ह्रास आउनुका साथै शरीरमा प्रयोग गरिएको औषधि निश्चित समयपछि जुन शरीरबाट बाहिर निस्कनुपर्ने हो । त्यो पनि राम्रोसँग शरीरबाट निस्कन नसक्ने अवस्था हुन्छ ।
त्यसले गर्दा एउटा वयस्कलाई दिने औषधिको मात्रा वृद्धवृद्धाहरूका लागि प्राणघातक हुनसक्छ तसर्थ बालबालिकालाई जस्तै वृद्धवृद्धाहरूलाई पनि विशेष प्रकारको स्याहार–सुसार एवं उपचार पद्धति आवश्यक पर्छ ।
हामी सबैलाई थाहा छ, एकदिन सबैले बूढो हुनुपर्छ । त्यस्तो अवस्थामा सबैले विभिन्न कठिनाइ पनि भोग्नुपर्छ । त्यसैले पनि वृद्धावस्थाको योजनाका सम्बन्धमा सबैले सोच्नु आवश्यक छ ।विकसित राष्ट्रहरूमा हेर्ने हो भने वृद्धवृद्धाहरूका लागि सरकारी तहबाटै विभिन्न योजनाका साथै विभिन्न सुविधाको व्यवस्था गरिएको हुन्छ ।
वृद्धवृद्धाका लागि छुट्टै अस्पताल, वृद्ध भत्ता, स्वास्थ्य बिमा, स्तर र ओहदाअनुसारको गाँसबासको व्यवस्था, अवकाशपछि क्षमताअनुसारको कामको व्यवस्था, वृद्धवृद्धाहरूको मनोरञ्जनका लागि विभिन्न वृद्ध क्लब तथा सजिलै पढ्न सकिने ठूलो अक्षरमा लेखिएका अखबारको व्यवस्था, सुलभ तरिकाको पब्लिक यातायातको व्यवस्था आदि उपलब्ध गराइएको पाइन्छ ।
अर्कोतिर बुढेसकालको साहारा भनेका सन्तानहरु समेत बिदेशको मोहले बाबुआमा छोडी बिदेशिने गरेकोले समेत बुढेसकाल थप कष्टकर हुँदैछ ।
वृद्धवृद्धाहरूका लागि उचित दूरगामी योजना बनाउन नसकेपछि ज्येष्ठ नागरिकहरूको अवस्थाले देशमा महामारीको रूप नलेला भन्न सकिँदैन । तएक पटक ध्यानपूर्बक सोचौं । वृद्ध अबस्थाका लागि आजै बिमा गरेर भबिस्य सुरक्षित गरौं । समयमै सचेत नबने पछि पछुताएर केही हुदैन ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस