रमादाबाई विन्धम इटहरीले यस मे महिनामा अतिथिहरूलाई खानपिन, रमाइलो र उत्सवका थप अवसर दिन तीन आकर्षक इन-हाउस अफरहरू सार्वजनिक गरेको छ। तपाईं मध्य हप्ताको थकान हटाउन चाहनुहुन्छ, नयाँ परिकार बनाउने अनुभव लिन चाहनुहुन्छ वा गर्मीयाममा ताजगी खोज्दै हुनुहुन्छ भने रमाडासँग सबै विकल्पहरू उपलब्ध हुनेछन्।
हप्ताको उत्साह ‘मिडवीक ट्रिपल ट्रीट’बाट सुरू हुनेछ, जुन प्रत्येक बुधबार र बिहीबार साँझ ५ बजेदेखि ७ बजेसम्म सुत्र लाउन्जमा सञ्चालन हुनेछ। यस अफर अन्तर्गत भोड्कामा आधारित ककटेलहरूको छनोटमा ‘२ किन्दा १ निःशुल्क’ योजना उपलब्ध छ। यसमा मस्को म्युल, कस्मोपोलिटन, क्लासिक भोड्का मार्टिनी, स्क्रूड्राइभर र फ्लेभर्ड भोड्का स्प्रिट्ज जस्ता लोकप्रिय ककटेलहरू समावेश छन्। दुई ककटेलको मूल्य रु. १,८०० (करसहित) रहेको छ र तेस्रो ककटेल निःशुल्क प्रदान गरिने छ। अफिसपछि साथीहरूसँग समय बिताउन वा होटलमै बसिरहेका अतिथिहरूका लागि यो किफायती र रमाइलो विकल्प हुनेछ।
मे महिनाभर प्रत्येक शुक्रबार, एरिया रेस्टुरेन्टले ‘टेस्ट अफ इटाली’ अनुभव प्रदान गर्दैछ, जहाँ स्वादसँगै सिर्जनात्मकता पनि जोडिने छ। प्रति व्यक्ति रु. १,९९९ (करसहित) मा उपलब्ध हुने यो अफर साँझ ६ बजेदेखि ९:३० बजेसम्म सञ्चालन हुने छ। यसमा अतिथिहरूले दक्ष सेफहरूको मार्गदर्शनमा आफूले रोजेका दुईवटा इटालियन परिकार बनाउन सक्नेछन्। लाइभ पिज्जा मेकिङ, लाइभ पास्ता स्टेशन, उड फायर्ड पिज्जा, निःशुल्क लिमेटा स्प्रिट्जर तथा सेफद्वारा तयार पारिएको अथेन्टिक इटालियन परिकारको व्यवस्था हुनेछ। साथै, कुनै पनि ए ला कार्टे वाइनको बोतलमा १५% छुट पनि उपलब्ध हुनेछ, जसले यसलाई डेट नाइट वा सामूहिक भेटघाटका लागि उपयुक्त बनाउँछ।
मे महिनाको अन्तिम आकर्षण ‘डिप एन्ड डाइन’ हो, जुन मे १ देखि ३१ सम्म सञ्चालन हुनेछ। यसमा फ्रेश पिना कोलाडा, ब्लु मार्गारिटा र फ्रेश भर्जिन पिना कोलाडा जस्ता ताजगी दिने पेय पदार्थहरू उपलब्ध हुनेछन्, साथै यसमा हल्का खानाका विकल्पहरू पनि थप्न सकिन्छ। साथै, मे १३ मा पर्ने अन्तर्राष्ट्रिय ककटेल दिवसको अवसरमा एक दिनका लागि ककटेलमा २०% को विशेष छुट पनि व्यवस्था गरिएको छ।
रमादाबाई विन्धाम इटहरीमा यो मे महिना स्वादिष्ट खाना, उत्कृष्ट पेय पदार्थ र अविष्मरणीय क्षणहरूका लागि समर्पित छ। बुकिङका लागि [email protected] मा इमेल वा +९७७ ९७०-७०९३५८६ मा सम्पर्क गर्नुहोस्।
रामादा बाई विन्धाम इटहरीको बारेमा:
पूर्वी नेपालको प्रमुख व्यापारिक प्रवेशद्वारमा रणनीतिक रूपमा अवस्थित रामादा बाई विन्धाम इटहरीले रिफाइन्ड लक्जरी, अन्तर्राष्ट्रिय मापदण्ड र आधुनिक आकर्षणको उत्कृष्ट संयोजन प्रस्तुत गर्दछ। आकर्षक रूपमा सुसज्जित ८१ वटा कोठा तथा सुइटहरू भएको यस होटलले व्यवसायिक तथा फुर्सदिला यात्रुहरूलाई लक्षित गरी अन्तर्राष्ट्रिय हस्पिटालिटी बेन्चमार्कहरूलाई आत्मीय नेपाली सत्कारसँगै समेटेको छ। अतिथिहरूले NUA, सुत्र लाउन्ज, एरिया र सुक्र बार जस्ता चार फरक-फरक खानपान गन्तव्यहरूको अनुभव लिन सक्नेछन्। साथै, ब्याङ्क्वेट हल, फराकिलो ओपन एअर लन, स्विमिङ पुल तथा आधुनिक फिटनेस सेन्टरजस्ता प्रिमियम सुविधा पनि यहाँ उपलब्ध छन्। तीव्र गतिमा विकास भइरहेको आर्थिक तथा पर्यटन क्षेत्रको केन्द्रमा अवस्थित रामादा बाई विन्धाम इटहरी पूर्वी नेपालमा उत्कृष्ट हस्पिटालिटी, ईभेन्ट तथा उच्चस्तरीय अनुभवका लागि एक प्रमुख गन्तव्यका रूपमा स्थापित छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस