सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गरेका हुन् ।
सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा सेयर बजारको विकास र विस्तारलाई पनि प्राथमिकतामा राखेको छ ।
संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पेन्सन कोष, बीमा कम्पनी, म्युचुअल फण्ड तथा गैरआवासीय नेपाली (एनआरएन) को पूँजी बजारमा सहभागिता विस्तार गरिने उल्लेख गरेका छन् । सरकारले दीर्घकालीन लगानी आकर्षित गर्दै बजारलाई स्थायित्व दिन संस्थागत लगानीकर्ताको उपस्थिति बढाउन खोजेको विश्लेषण गरिएको छ।
पूर्णपाठ
पूर्णपाठ
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस