नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष गौरव अग्रवाललाई पद तथा गोपनियताको शपथ गराएका छन् ।
अध्यक्ष सिलवालले नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आज (आइतबार) शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालक समितिका अध्यक्ष अग्रवाललाई अध्यक्ष पदको शपथ गराएका हुन् ।
त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डे उपस्थित थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस