Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु महालक्ष्मीकी नव नियुक्त अध्यक्ष शिक्षा भट्टचनद्वारा सपथ ग्रहण

अर्थ संसार

मंगलबार, ०२ साउन २०८०, १७ : ०५ मा प्रकाशित

प्रभु महालक्ष्मीकी नव नियुक्त अध्यक्ष शिक्षा भट्टचनद्वारा सपथ ग्रहण

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका नव नियुक्त अध्यक्ष शिक्षा भट्टचनको नेपाल बीमा प्राधिकरणमा सपथ ग्रहण भएको छ। नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले प्राधिकरण कार्यालयमा आज उनलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । 

प्रभु महालक्ष्मी लाइफको श्रावण १ गते साँझ संचालक उमेश लाल श्रेष्ठको अध्यक्षतामा बसेको पहिलो बैठकले शिक्षा भट्टचनलाई सर्वसम्मतिले अध्यक्षमा मनोनयन गरेको थियो। 

अमेरिकाबाट साइवर सेक्यूरिटिमा स्नातकोत्तर गरेकी अध्यक्ष भट्टचन प्रभु ग्रुप अन्तर्गत विभिन्न कम्पनीको उच्च तहमा वसि अनुभव हासिल गरेकी छिन्। 

आषाढ २९ गतेबाट एकिकृत कारोबार प्रारम्भ गरेको प्रभु महालक्ष्मी लाइफको सात सदस्यिय संचालक समिति रहेकोछ। अध्यक्ष भट्टचन लगायत संचालकहरुमा उमेशलाल श्रेष्ठ, सुरेश सापकोटा, शंकर गौतम, ज्योती शेरचन र सुसन शेरचन रहेका छन् । स्वतन्त्र संचालक मनोनयन हुन बाँकी रहेको अवगत गराउन चाहन्छौँ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको