नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको ऋणपत्र सूचीकृत भएको छ। ‘स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड ऋणपत्र’ नेप्सेमा सूचीकृत भएको हो।
उक्त ऋणपत्रका १ हजार अंकित दरका कुल २४ लाख इकाइ सूचीकृत भएको छ। एनआईबिएल एस क्यापिटमार्फत उक्त ऋणपत्र सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ।
यो ५ वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक १०.३० प्रतिशत ब्याज पाउनेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस