Like us!
Follow us!
Connect us!
Watch us!

अपर तामाकाेशीले पायाे हकप्रद निष्कासन गर्न सेबाेनबाट अनुमति

अर्थ संसार

शुक्रबार, २२ असार २०८०, १५ : ०२ मा प्रकाशित

अपर तामाकाेशीले पायाे हकप्रद निष्कासन गर्न सेबाेनबाट अनुमति

अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) बाट अनुमति पाएकाे छ । 

कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको १ बराबर १ को अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न फागुन १८ गते नेपाल धिताेपत्र बाेर्डमा निववेदन दिएकाे थियाे । सोही हकप्रद निष्कासन गर्न सेबोनले आज असार २२ गते, शुक्रबार अनुमति दिएको हो ।

कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयाेजनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको