Like us!
Follow us!
Connect us!
Watch us!

कोशीमा मध्यावधि उचित विकल्पः डा. बाबुराम भट्टराई

अर्थ संसार

आइतबार, १४ साउन २०८०, ११ : ३३ मा प्रकाशित

कोशीमा मध्यावधि उचित विकल्पः डा. बाबुराम भट्टराई

नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोशी प्रदेशमा तत्कालिन अवस्थालाई हेरेर मध्यावधि निर्वाचनमा जानुपर्ने धारणा व्यक्त गरेका छन् । उनले आज ट्वीट गरेर उक्त धारण राखेका हुन् । 

केशी प्रदेशका तत्तकालिन मुखयमन्त्री उद्धव थापाको नियुक्ति सर्वोच्चले बदर गरेर नयाँ सरकार बनाउन आदेश दिएपछि दलहरुले बहुमत जुटाउन राप्रपासँग छलफल गरेपछि असन्तुष्ट डा. भट्टराईले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता विरोधी र सारतत्वमा यो व्यवस्था उल्टाएर प्रतिक्रान्ति गर्न उद्यत शक्तिको पाउ परेर सरकार बनाउन मरिहत्ते गर्नु भन्दा मध्यावधिमा जानु उपयुक्त हुने बताएका हुन् ।

उनले लेखेका छन् ‘१ नं प्रदेशमा घोषित रूपमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता विरोधी र सारतत्वमा यो व्यवस्था उल्टाएर प्रतिक्रान्ति गर्न उद्यत शक्तिको पाउ परेर सरकार बनाउन मरिहत्ते गर्नु भन्दा यो संविधानका अन्तरवस्तु स्वीकार्ने शक्तिहरू मिलेर सरकार बनाउने नत्र मध्यावधिमा जाने विकल्प स्वीकार्नु उपयुक्त होइन र ? यस्तै सत्तालिप्साले संघीय लोकतान्त्रिक गणतन्त्र कमजोर बन्छ र प्रतिक्रान्तिको आधार तयार हुन्छ भन्ने कुरा कमसेकम हाम्रा लोकतन्त्रवादी मित्रहरू र क्रान्तिकारी कणहरूले त बुझ्नुपर्ने!’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको