Like us!
Follow us!
Connect us!
Watch us!

कोशीमा राप्रपा फकाउँदै सत्ता गठबन्धन

अर्थ संसार

मंगलबार, १९ असार २०८०, १३ : १४ मा प्रकाशित

कोशीमा राप्रपा फकाउँदै सत्ता गठबन्धन

नेकपा (एमाले) नेतृत्वको कोसी प्रदेश सरकार ढलेसँगै बहुमतको सरकार गठनमा दलहरूलाई निकै कठिन हुँदै गएको देखिन्छ । नयाँ सरकार गठनका लागि कोसी प्रदेश प्रमुख परशुराम खापुङले दलहरूलाई दिएको असार २१ गते बेलुका ५ बजेसम्मको समयमा बहुमत जुटाउन निकै कठिन भएको हो ।

संघीय सत्ता गठबन्धनमा आबद्ध राजनीतिक दलहरूले सरकार गठनका लागि आवश्यक बहुमत पु¥याउन नसक्दा प्रदेशसभा मध्यावधितर्फ जान सक्ने खतरा समेत बढेको छ । गठबन्धनका दलहरूले बहुमत पु¥याउने दाबी गर्दै आएपनि मध्यावधिको खतरा बाँकी नै रहेको प्रदेश सभामुख बाबुराम गौतमले औँल्याएका छन् ।

मध्यावधिको खतरा भए पनि त्यसलाई टार्नका लागि सभामुखको हैसियतले सबै प्रयत्न गर्ने गौतमले बताए । नेकपा (माओवादी केन्द्र)का नेतासमेत रहेका सभामुख गौतमले प्रदेशलाई मध्यावधिमा कुनै हालतमा जान नदिने भन्दै पहिलो चरणमा राप्रपासमेतलाई समेटेर गठबन्धनलाई बहुमत पु¥याएर सरकार बनाउने कसरतमा लागेको बताए।

‘कुनै अवस्थामा पनि मध्यावधिमा जान नदिने पक्षमा छु’, सभामुख गौतमले भने– ‘मध्यावधि हामीलाई स्वीकार्य छैन । त्यसका लागि पहिलो राप्रपासमेतलाई समेटेर यही गठबन्धनलाई बहुमत पु¥याएर सरकार बनाउने कसरतमा लागेका छौं । दोस्रो सर्वदलीय साझा सहमतिको सरकार बनाउनुपर्ने हुन सक्छ । त्यो पनि भएन भने ठूलो दलको हैसियतले सरकार बनाउने अभ्यासमा समेत जानुपर्ने हुन सक्छ । यी सबै विकल्प अपनाएर पनि प्रदेशलाई मध्यावधि निर्वाचनमा जान नदिने प्रयास मेरो तर्फबाट हुन्छ ।’

गठबन्धनको तर्फबाट कांग्रेसकै नेतृत्वमा सरकार बन्ने सभामुख गौतमले विश्वास लिएका छन् । कांग्रसका उद्धव थापाको नेतृत्वमा त्यहाँ सरकार गठनको तयारीमा छ गठबन्धन ।  यद्यपि, मध्यावधिको खतरा भने बाँकी नै रहेको देखिन्छ । नेपाली कांग्रेसका सांसद केदारबाबु कार्कीले आगामी सरकार गठनका सन्दर्भमा गठबन्धन र बाहिरका दलहरूसँग समेत सकारात्मक छलफल भइरहेको बताए।

प्रदेश प्रमुखले दिएको समयभित्र गठबन्धन दलहरूलाई बहुमत जुटाउन समस्या नरहेको दाबी गर्दै उनले भने– ‘हामी गठबन्धनभित्र र बाहिरका दलहरूसँग समेत सकारात्मक छलफल गरिरहेका छौं । राप्रपाका नेताहरूले पनि कोसी प्रदेशलाई दुर्घटनाबाट जोगाउन एकदमै संवेनशील रहेको बताउँदै आउनुभएको छ । मलाई विश्वास छ सरकार गठनमा सजिलै बहुमत पुग्छ, पु¥याउनुपर्छ ।’

उता राप्रपा भने आफ्नो नेतृत्वमा पूर्ण कार्यकालको लिखित जवाफ दिन गठबन्धनलाई भनिसकेको छ । राप्रपाका तर्फ भक्ति प्रसाद सिटौलाको पनि मुख्य मन्त्रीमा दाबी छ । आफूहरुलाई पूर्ण कार्यकाल चलाउन नदिने हो आफूहरु विपक्षी कै कुर्सीमा बस्न तयार रहेको राप्रपाका नेताहरुको भनाई छ । पूर्ण कार्यकाल सम्हाल्न नदिए कोशी प्रदेश सरकार फंगसन लेस हुने बाहेको विकल्प नहरेको कारण उनीहरुले मुख्यमन्त्रीमा दाबी गरेको छन् । कोशीमा अहिलेको अवस्थासम्म आउँदा राप्रपा निर्णायक शक्ति बनेको छ ।

सत्ता गठबन्धनको बैठकअघि नै कांग्रेस सभापति शेरबहादुर देउवा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच कोशी प्रदेश सरकार गठनका विषयमा छलफल भएको स्रोतको दाबी छ । त्यसक्रममा लिङ्देनले आफूहरू अस्थिरताको कारक नबन्ने दाबी गर्दै कोशी प्रदेशलाई मध्यावधि निर्वाचनमा जाने अवस्था आउन नदिने आश्वासन देउवालाई दिएको बताइएको छ । राप्रपाले कांग्रेस नेतृत्वमा प्रदेश सरकार गठनका लागि सकारात्मक संकेत गरेको स्रोतको दाबी छ । तर, राप्रपाले खुला र प्रष्ट रुपमा भने केहि खुलाइसकेको छैन् ।

एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारले संसद्बाट विश्वासको मत लिन नसकेपछि प्रदेश प्रमुखले यही २१ गते साँझ ५ बजेसम्ममा अर्को सरकार गठनको आह्वान गरे। एमाले–राप्रपाको सरकार अल्पमतमा परेसँगै केन्द्रीय सरकारको सत्ता गठबन्धन कांग्रेस, माओवादी, नेकपा एस, जसपासमेत मिलेर बहुमतको सरकार बनाउने बाटो खुलेको छ । तर, उनीहरूसँग पनि आवश्यक बहुमत नभएपछि राप्रपालाई जसरी पनि मनाउनुपर्ने बाध्यता दलहरूलाई छ । अथवा गठबन्धनको सरकार निर्माणका लागि सभामुखलाई फिर्ता बोलाउनुपर्ने बाध्यात्मक परिस्थिति कोसी प्रदेशमा छ । यस्तो अवस्थामा राप्रपाले के गर्ला भन्ने हेर्न बाँकी छ ।-Photo By: HIm Sagar/ArthaSansar

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको