Like us!
Follow us!
Connect us!
Watch us!

नक्कली शरणार्थी प्रकरणः आरजुको नाम लिइएको अडियो सन्देशकै भएको पुष्टि

अर्थ संसार

आइतबार, २४ असार २०८०, १३ : ३७ मा प्रकाशित

नक्कली शरणार्थी प्रकरणः आरजुको नाम लिइएको अडियो सन्देशकै भएको पुष्टि

नक्कली भुटानी शरणार्थी प्रकरणमा डा. आरजु राणाको नाम तोकिएको अडियो दाङका सन्देश शर्माको आवाजसँग मेल आन गएको छ । आफ्नो नाम जोडेर फेक अडियो सार्वजनिक भएको भन्दै डा. आरजुले प्रहरी प्रधान कार्यालय साईबर व्युरोमा निवेदन दिएकी थिईन् ।

उक्त प्रकरणमा पक्राउ परेर थुनामा रहेका शर्माविरुद्ध ठगी तथा संगठित अपराध कसूर मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

‘उपरोक्त सम्बन्धमा मा. डा. आरजु राणा देउवाले सामाजिक सञ्जालको माध्यमबाट सार्वजनिक अडियोका सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालय, साइवर ब्यूरो भोटाहिटीमा मिति २०८०।०१।०२ गते प्राप्त निवेदनका हकमा परीक्षण गर्दा Identification Traits match  भनी उल्लेख भएको जुन स्वर (Voice) जिल्ला प्रहरी परिसर टेकु काठमाडौँमा ठगी तथा संगठित अपराध कसुर मुद्दा अनुसन्धानमा रहेका तुल्सीपुर उपमहानगर पालिका १६ दाङ घर भएका बर्ष ३४ को सन्देश शर्माको Control Sample सँग मेल खाएको,’– नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको