अर्थ संसार, तियानजीङ–सिन्ह्वा–चीनका इन्टरनेट प्रयोगकर्ताहरू मध्ये झण्डै ९० प्रतिशत उपभोक्ता चीनको साइबर सुरक्षाका बारेमा सकारात्मक पाइएको छ ।
उनीहरु मध्ये झण्डै १९ प्रतिशतलाई हालैका साइबर आक्रमण बारे कुनै जानकारी नै नभएको पनि एक अध्ययनले देखाएको छ ।
र्चिनियाँ इन्टरनेट सेक्युरिटी प्लेटफर्मले चीनका नागरिकहरुको इन्टरनेट प्रयोग र साइबर सतर्कताका बारेमा सर्वेक्षण गरेको थियो ।
सर्वेक्षणमा सहभागी मध्ये झण्डै ५६ प्रतिशतले चीनको इन्टरनेट वातावरण धेरै राम्रो र सुरक्षित रहेको बताएका थिए । साथै ३२.८ प्रतिशतले इन्टरनेट सुरक्षाका बारेमा ‘सामान्यतया ठिकै’ भन्ने जवाफ दिएका छन् ।
सर्वेक्षणकर्ताहरुले जनाएअनुसार इन्टरनेट प्रयोगकर्ताहरु मध्ये झण्डै ४० प्रतिशतले ठुला साईबर आक्रमण हुन्छन् कि भनेर सधै सतर्क भइरहने बताएका छन् ।
झण्डै २६ उपभोक्ताले भने त्यस्ता साइबर आक्रमणले आफुहरुलाई कुनै असर नपर्ने सोचेका रहेछन् । रासस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस