Like us!
Follow us!
Connect us!
Watch us!

नेसनल र समिट लघुवित्तबीचको मर्जरलाई राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति

अर्थ संसार

सोमबार, २५ असार २०८०, १४ : २३ मा प्रकाशित

नेसनल र समिट लघुवित्तबीचको मर्जरलाई राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति

नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्तबीचको मर्जरलाई नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ। केन्द्रिय बैंकले गत असार २२ गते पत्राचार गर्दै दुवै लघुवित्तबीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको हो। 

यसअघि गत पुस ७ गते यी दुवै लघुवित्तबीचको मर्जरलाई राष्ट्र बैंकले सैद्धान्तिक सहमति प्रदान गरेको थियो। यी दुवै लघुवित्तबीच गत असार ६ गते मर्जरका लागि अन्तिम सम्झौता भएको थियो। यी दुवै लघुवित्तबीच गत वर्ष असोज २६ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो। 

दुवै लघुवित्तको गत असार ३ गते सम्पन्न साधारणसभाले मर्जर प्रक्रियालाई स्वीकृत गरेको थियो। दुवै संस्थाको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन (डीडीए) प्रतिवेदन सिफारिसबमोजिम सेयर स्वाप रेसियो निर्धारण गरिएको हो।
 
जसअनुसार नेसनल र समिटबीच १ः०.७३ सेयर स्वाप रेसियोमा मर्जर हुनेछन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको