आज (सोमबार) नेप्से परिसूचक ०.८० अंकले घटेको छ । नेप्से ०.८० अंकले घट्दा नेप्से इन्डेक्स २०७६.९६ विन्दुमा पुगेको हो । नेप्सेमा घटेपनि आज कारोबार रकममा आइतबारको तुलनामा केहि सुधार आएको छ । आज ३ अर्ब ७९ करोड ७९ लाख ८६ हजार माथिको कारोबार भएको हो ।
सोल्टि होटलको सेयरमा लगानीकर्ताको आकर्षण बढी देखिएको छ । कम्पनीको आज ३३ करोड माथिको सेयर खरिदबिक्रि भएको छ ।
त्यस्तै, आज प्राईम कर्मशीयल बैंकको प्रमोटर सेयर, हिमालयन लाइफ, शिवम् सिमेन्टस, सिटि होटल,एनएमबी बैंक, हिमालयन डिष्टलरी, अपर तामाकोशी र एशियन लाइफको सर्वाधिक कारोबार भएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस