Like us!
Follow us!
Connect us!
Watch us!

विराटनगरमा साइकल यात्रुलाई मुक्का प्रहार गर्ने व्यक्ति प्रहरी नियन्त्रणमा

अर्थ संसार

मंगलबार, २६ असार २०८०, १४ : २६ मा प्रकाशित

विराटनगरमा साइकल यात्रुलाई मुक्का प्रहार गर्ने व्यक्ति प्रहरी नियन्त्रणमा

पछिल्लो समय सामाजिक सञ्जालमा एउटा भिडियो निकै भाइरल भइरहेको छ । सो भिडियोमा निलो टि–सर्ट लगाएका एक युवाले साइकल यात्रीलाई मुक्का हानेर सडकमा ढालेएको दृष्य नै भाइरल बन्यो। 

रातको समयमा उत्तर दक्षिण कोशी राजमार्गमा गाडीबाट ओर्लिएर कुद्दै मुक्का हान्दा ती साइकल यात्रु सडकमा ढलेका थिए। मुक्का हानेपछि उनलाई ती निलो टिसर्ट लगाएको युवाले घिसारेर सडकको एकातर्फ छोडेर उनी आफ्नो गन्तव्य तर्फ लागे।

यो असार १९ गते विराटनगर– ४ स्थित दुधफारम अगाडि भएको घटना हो। साइकल यात्रु विराटनगर ६ मा बस्ने पवन शाह रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार  कुटपिट गर्ने विराटनगर –४ ढाँटका १९ वर्षीय आयुष भेटवाल रहेका छन्।

साइकल यात्रु शाहलाई घटनास्थलबाट प्रहरी र स्थानियको सहयोगमा उपचारको लागि कोशी अस्पताल पुर्‍यायो। प्रहरीले सो घटना सोही स्थानमा रहेको सिसिटिभि फुटेजमा रेकर्ड भएको भिडियोको आधारमा खोजतलास गर्दा आयुष भेटवाल भन्ने खुल्न आयो।

घटना घटेको १० घण्टामै उनलाई प्रहरीले घरबाट नियन्त्रणमा लिइएको जनाइएको छ। भेटवाललाई म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ। अनुसन्धानको क्रम भने जारी छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको