Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल र समीट लघुवित्तको सेयर कारोबार रोक्का रहने

अर्थ संसार

बुधबार, २७ असार २०८०, १३ : १८ मा प्रकाशित

नेशनल र समीट लघुवित्तको सेयर कारोबार रोक्का रहने

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का हुने भएको छ । यी दुई संस्थाले असार ३० गतेदेखि एकीकृत कारोबार गर्ने भएसँगै लघुवित्तको सेयर कारोबार रोक्का हुने भएको हो ।

संस्थाहरु एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धि निर्देशिका बमोजिम एकीकृत कारोबारपश्चात लक्षित संस्थाको सेयर मिलान, धितोपत्र पुन दर्ता, धितोपत्रको अभौतिकरण तथा सूचीकरण प्रयोजनार्थ असार ३० गतेदेखि लागु हुने गरी सेयर कारोबार रोक्का राखिदिन संस्थाहरुले नेप्सेसमक्ष आग्रह गरेको छ । यी दुई कम्पनीले नेशनल लघुवित्त वित्तीय संस्थाको नामबा एकीकृत कारोबार सुरु गर्ने भएको हो । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको