Like us!
Follow us!
Connect us!
Watch us!

समाज लघुवित्तको सेयर कारोबार फुकुवा, ओपनिङ्ग रेन्ज कति?

अर्थ संसार

विहीबार, २८ असार २०८०, १६ : २८ मा प्रकाशित

समाज लघुवित्तको सेयर कारोबार फुकुवा, ओपनिङ्ग रेन्ज कति?

समाज लघुवित्त वित्तीय संस्थाको सेयर धितोपत्र दोस्रो बजारमा आउने भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मर्जर प्रयोजनार्थ रोकेका समाज लघुवित्तको सेयर आज (बिहिबार) फुकुवा गरेको हो। यस निर्णयसँगै समाज लघुवित्तको सेयर आइतबारबाट आउने भएको छ। 

नेपाल राष्ट्र बैंकले नेप्सेलाई समाज लघुवित्तको आधारभूत सेयरधनीहरुकोबाहेक अन्य सेयर कारोबार खोलिदिन पत्र लेखेको थियो। सोही पत्रबमोजिम नेप्सेले समाज लघुवित्तको सेयर कारोबार फुकुवा गरेको हो। 

मर्जरमा जाने भएपछि नेप्सेले समाज लघुवित्तको सेयर कारोबारमा आउनुअघि नै रोक्का गरेको थियो। तर, स्वस्तिकसँगको डिमर्ज भएपछि राष्ट्र बैंकले सेयर कारोबार फुकुवा गरिदिन नेप्सेलाई सिफारिस गरेको थियो। 

नेप्सेमा उक्त लघुवित्तको १०० रुपैयाँ अंकित दरका कुल २ लाख कित्ता सेयर सूचीकृत भएको छ। नेप्सेले यो लघुवित्तलाई ‘एसएएमएजे’ कारोबार संकेत प्रदान गरेको छ । पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम ६७.१४ रुपैयाँदेखि २०१.४२ रुपैयाँ ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको