Like us!
Follow us!
Connect us!
Watch us!

विकास न्युजका सम्पादक पौडेललाई ज्यान मार्ने दुर्गा प्रसाईको धम्की,कारबाही गर्न आर्थिक मिडियाहरुको माग

अर्थ संसार

शनिबार, ३० असार २०८०, १४ : ०७ मा प्रकाशित

विकास न्युजका सम्पादक पौडेललाई ज्यान मार्ने दुर्गा प्रसाईको धम्की,कारबाही गर्न आर्थिक मिडियाहरुको माग

विवादास्पद व्यवसायी दुर्गा प्रसाईंले विकासन्युज डटकमका प्रधान सम्पादक रामकृष्ण पौडेललाई ज्यान मार्ने धम्की दिएका छन् । समाचार लेखेको विषयमा पत्रकारलाई ज्यान मार्ने धम्की दिएकोमा आर्थिक मिडिया सञ्चालहरुको संस्था इकानोमिक मिडिया सोसाइटी नेपाल (ईम्सन)ले प्रसाईमाथि कारबाहीको माग गरेको छ। 

प्रसाईले २०८० असार २९ शुक्रबार साँझ ६ः५५ बजे ९८०१०५२२२२ नम्बरबाट फोन गरेर पौडेललाई ज्यान मार्ने धम्की दिएका थिए ।

शक्ति केन्द्रहरुका आडमा विवादित अभिव्यक्ति र गतिविधी गर्दै आईरहेका प्रसाईले इम्सनका संस्थापक अध्यक्ष समेत रहेका पौडेललाई समाचार लेखेकै आधारमा फोन गरेर ज्यान मार्ने धम्की दिनु भत्सर्ना योग्य र आपत्तिजनक रहेको इम्सनले जनाएको छ ।

सञ्चार माध्यमहरुमा प्रकाशित तथा प्रसारित सामग्रीहरुमा चित्त नबुझे आफ्ना कुरा राख्ने र कानुनी उपचारमा जाने व्यवस्थाहरु छन् । तर प्रसाईले प्रेस स्वतन्त्रताको विश्वव्यापी मान्यता, नेपालका मौजुदा ऐन कानुनहरुको बर्खिलाप हुने गरि ज्यान मार्ने धम्की दिनु भनेको प्रेस स्वतन्त्रताका विरुद्धमा मात्रै नभएर ज्यान मार्ने उद्मोग सम्बन्धी कानुन समेत आकर्षित हुने बिषय बन्न पुगेको इम्सनको भनाइ रहेको छ ।

संकास्पद पृष्ठभूमि र गैर कानुनी अभियानहरु चलाएर नेपाली समाजलाई नै बिथोल्ने प्रयास गरिरहेका प्रसाईमाथि आवश्यक छानविन गरि कानुनी कारवाहीको प्रक्रिया अघि बढाउन इम्सन नेपालले सरकार, गृह मन्त्रालय मार्फत नेपाल प्रहरीलाई हार्दिक अनुरोध गरेको छ।  

64b25771c5f2b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको