Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल शैक्षिक परामर्श संघको अध्यक्षमा शेषराज भट्टराई निर्वाचित

अर्थ संसार

शनिबार, ३० असार २०८०, २० : ३३ मा प्रकाशित

नेपाल शैक्षिक परामर्श संघको अध्यक्षमा शेषराज भट्टराई निर्वाचित

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्षमा शेषराज भट्टराई निर्वाचित भएका छन्। उनी अर्बिट इन्टरनेसनल एजुकेसनका सिइओ हुन्।

शनिबार भएको निर्वाचनमा भट्टराईले पूर्व अध्यक्ष रहिसकेका विष्णुहरि पाण्डेलाई पराजित गरेका हुन्। भट्टराईले २३८ मत पाएका छन् भने विष्णुहरि पाण्डेले १४६ मत पाएका छन् । त्यस्तै अध्यक्ष मै लडेका कृष्णहरि केसीले २१ र देविदास भट्टराईले ११ मत पाएका थिए। 

इक्यानको महासचिवमा हाल कै महासचिव दिपकराज भुसाल निर्वाचित भएका छन् । उनले २५५ मत पाएका छन् । उनका प्रतिस्पर्धी वासुदेव दाहालले १६० मात्र मत पाए।  

तीन जना उपाध्यक्षहरूमा एन्ड्रीयू पौडेल  २२८ मत, भुवनबहादुर क्षेत्री १७२ मत र गीता शिवाकोटी १५२ मतसहित निर्वाचित भएका छन् ।
 
्सचिवमा भवनाथ हुमागाई २६० मत र रत्नबहादुर भट्टराई १६८ मतसहित निर्वाचित भएका छन् । कोषाध्यक्षमा २०८ मतसहित आशिक कार्की र सहकोषाध्यक्षमा २१६ मतसहित विकल्पराज पोखरेल विजयी भएका छन् ।

कार्यसमिति सदस्यहरूमा सुरज सिलवाल, साधना पुडासैनी, उमा खड्का पाठक, मन्जित ढकाल, गोविन्द खनाल, आशिष रायमाझी, शशीप्रसाद भट्टराई, विजयकुमार बस्नेत र श्रीराम गिरी निर्वाचित भएका छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको