Like us!
Follow us!
Connect us!
Watch us!

इक्यानको अध्यक्षमा निवर्तमान अध्यक्ष पाण्डेले गरे उम्मेदवारी घोषणा

अर्थ संसार

आइतबार, २४ असार २०८०, १७ : १५ मा प्रकाशित

इक्यानको अध्यक्षमा निवर्तमान अध्यक्ष पाण्डेले गरे उम्मेदवारी घोषणा

एजुकेसन कन्सल्टेन्सी एसोसियसन अफ नेपाल (इक्यान)को अध्यक्षमा इक्यानका निवर्तमान अध्यक्ष विष्णुहरि पाण्डेले उम्मेदवारी घोषणा गरेका छन् । उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत इक्यानको अध्यक्ष पदमा उम्मेदवारी सार्वजनिक गरेका हुन् ।

उम्मेदवारी घोषणा गर्दै पाण्डेले इक्यानले नेपालमा शैक्षिक वातावरण सुधारका लागि इक्यानले महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् । उनले इक्यानको भूमिका अझै बलियो र सार्थक बनाउनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको स्पष्ट पारेका छन्  ।

इक्यान नेपालको एजुकेसनल कन्सल्टेन्सीको रूपमा सबैभन्दा ठूलो कन्सल्टेन्सी भएको भन्दै यसको श्रीवृद्धि र थप सशक्त नेतृत्वको लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् । उनले आफ्ना मतदाताहरूलाई सम्बोधन गर्दै भनेका छन्, ‘तपाईंको भोट अत्यन्त महत्त्वपूर्ण छ किनकि यसले ईक्यान कसरी विकास गर्छ र हामी कहाँ जान्छौं भन्ने निर्णय गर्नेछ।’ उनले आफू अध्यक्ष बनेपछि इक्यानभित्र हरेक मतदाताको आवाज सुन्ने, पारदर्शी तथा समावेशी र स्वतन्त्र सञ्चार स्थापित गराउने उल्लेख गरेका छन् ।

आफूले अहिले यो क्षेत्रमा रहेका समस्या न्यूनीकरणका लागि विशेष पहल गर्ने समेत प्रतिवद्धता व्यक्त गरेका छन्  । उनले भनेका छन्,‘समस्या समाधानका लागि रणनीतिक योजना बनाएर अगाडि बढ्नेछौं भन्ने मलाई विश्वास छ ।’

केही दिनमा नै इक्यानलाई थप बलियो र सशक्त बनाउने गरि घोषणापत्र सार्वजनिक गर्ने र बृहत् छलफल गर्ने उनको उद्घोष छ । पाण्डे अघिल्लो कार्यकालमा संघको अध्यक्ष थिए । हाल भने प्रकाश पाण्डे संघको अध्यक्ष छन् । निवर्तमान अध्यक्ष  पाण्डेले आगामी कार्यकालका लागि उम्मेदवारी घोषणा गरेका हुन् । संघको निर्वाचन आगामी असार ३० मा हुँदैछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको