Like us!
Follow us!
Connect us!
Watch us!

भिजन २०२५ सहित इक्यान अध्यक्षका लागि पाण्डेले गरे प्यानलको घोषणा, को–को छन् उम्मेदवार ?

अर्थ संसार

विहीबार, २८ असार २०८०, ११ : ४७ मा प्रकाशित

भिजन २०२५ सहित इक्यान अध्यक्षका लागि पाण्डेले गरे प्यानलको घोषणा, को–को छन् उम्मेदवार ?

शैक्षिक परामर्श व्यवसायीहरूको छाता संगठन नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षका लागि निवर्तमान अध्यक्ष विष्णुहरि पाण्डेले आफ्नो उम्मेदवारी सहित प्यानल घोषणा गरेका छन्।

केही दिन अघि सामाजिक सञ्जाल फेसबुक मार्फत अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका उनले बुधबार समूह घोषणा गरेका हुन् ।

बुधबार होटल म्यारियटमा एक कार्यक्रम आयोजना गर्दै पाण्डेले संस्थाको कुल ४६७ मत मध्ये २५० भन्दा बढी आफ्नो पक्षमा रहेको दाबी गर्दै आएका छन् ।

को छन् पाण्डेको प्यानलमा ?

आगामी असार ३० गते नयाँ कार्यसमितिका लागि हुने निर्वाचनका लागि  अध्यक्षका प्रत्यासी पाण्डेले शैक्षिक परामर्श क्षेत्रमा स्थापित र परिचित व्यक्तिहरूलाई समेटेर प्यानल बनाएका छन् । पाण्डेले भुवन क्षेत्री, लक्ष्मण पौडेल ९एन्ड्रयु० र प्रकाश श्रेष्ठलाई उपाध्यक्ष उम्मेदवारका रूपमा अघि सारेका छन् भने महासचिवमा वासुदेव दाहाल, सचिवमा फिलिपकुमार डाँगी क्षेत्री र शिव त्रिपाठीलाई उम्मेदवार बनाउने तयारी गरेका छन्।

त्यस्तै कोषाध्यक्षमा विनोदकुमार सुवेदी र सहकोषाध्यक्षमा हेमराज सिग्देलले उम्मेदवारी दिने तयारी भएको छ भने कार्यसमिति सदस्यका लागि आशिष रायमाझी, सुरज सिलवाल, मञ्जित ढकाल, सतिन्द्र झा, एसपी भट्टराई, साधना पुडासैनी, शिवप्रसाद अर्याल, सुमन शर्मा र श्रीराम गिरीले पाण्डे नेतृत्वको प्यानलबाट उम्मेदवारी दिने भएका छन्।

प्यानल घोषणापछि अध्यक्षका प्रत्यासी पाण्डेले भिजन २०२५ समेत सार्वजनिक गरे । जसमा तत्काल गर्नुपर्ने काम, मध्यमकालमा गर्ने काम र भविष्यमा गर्ने कामलाई सूचीबद्ध गरिएको छ । तत्कालका योजनाहरूमा शैक्षिक परामर्श क्षेत्र निर्देशिकाको भरमा मात्रै चलिरहँदा राजनैतिक र  सरकारी कर्मचारीतन्त्रको मनोमानीमा चलिरहेको भन्दै यस क्षेत्रलाई शिक्षा ऐनमा नै समेट्नका लागि अधिकतम पहल गरिने पाण्डेले बताएका छन् ।

यस्तै अवैधानिक टेक कम्पनीहरूले व्यवसायीहरूलाई नैतिक, व्यवसायी एवम् आर्थिक क्षति पुर्याइरहेको भन्दै यस्ता कम्पनी बन्द गर्न पहल गरिने घोषणापत्रमा उल्लेख छ ।

यसबाहेक राज्य संयन्त्रसँग सम्बन्ध स्थापना, व्यवसाय सहायता केन्द्र गठन, शिक्षा मन्त्रालयसँग समन्वय, विभिन्न इभेन्ट तथा मनोरञ्जन कार्यक्रम सञ्चालन गर्ने, तालिम तथा सचेतना दिने, सहायता कक्ष स्थापना गरिने विभाग गठन गरि वार्षिक कार्ययोजना तयार पारिने सम्भावित गन्तव्यहरूको पहिचान गरि विभाग बनाउने, साझा आचारसंहिता बनाउने जस्ता कार्यक्रमहरू तत्काल गर्ने घोषणापत्रमा बताइएको छ ।

यसबाहेक प्राथमिकतापूर्ण योजनाहरूमा विभिन्न १० वटा बुँदा समेटि घोषणापत्रमा राखिएको छ । जसमा  इक्यानको विश्वव्यापिकरण, विशेष वित्तीय कोष स्थापना एवम् सञ्चालन, सरकारका उच्च स्तरीय विदेश भ्रमण, विद्यमान कार्यालयको आधुनिक व्यवस्थापन, शैक्षिक सेवाशुल्क, सचिवायको कार् पद्दतिमा सुधार, छात्रवृतिको व्यवस्था लगायतका एजेण्डाहरू समावेश छन् ।

पाण्डे प्यानलले तयार पारेको घोषणापत्रमा केही दीर्घकालीन महत्वका योजनाहरू समेत छन् । नेपाललाई सांस्कृतिक पर्यटन तथा जैविक विविधता अध्ययनको अन्तर्राष्ट्रिय केन्द्रको रूपमा स्थापित गर्ने, नेपाललाई वुद्ध दर्शन अध्ययन अन्तर्राष्ट्रिय केन्द्रको रूपमा स्थापना गर्ने, नेपाली विद्यार्थीबाट विदेशी शिक्षा आर्जन पश्चात प्राप्त उपलब्धिको विषय केन्द्रित अनुसन्धान तथा प्रकाशन गर्ने लगायत एजेण्डा समावेश छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro Viber

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको