Like us!
Follow us!
Connect us!
Watch us!

आज नागरिक लगानी कोषको साधारणसभा, बोनस लाभांस पारित मुख्य प्रस्ताव

अर्थ संसार

आइतबार, ३१ असार २०८०, ०६ : १६ मा प्रकाशित

आज नागरिक लगानी कोषको साधारणसभा, बोनस लाभांस पारित मुख्य प्रस्ताव

नागरिक लगानी कोष (सीआइटी) को २८ औं वार्षिक साधारण सभा आज बस्दै छ । सभा कम्पनीको केन्द्रिय कार्यालय, सीआईटी बिल्डिङ, नयाँ बानेश्वरमा अपरान्ह ३ बजे शुरु हुनेछ।

 सभामा २५% बोनस सेयर र कर प्रयोजनका लागि १.३२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने सीआइटीले जनाएको छ । 

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । सभामा १ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव रहेको छ । सभा प्रयोजनका लागि कोषले असार १९ गते बुक क्लोज गरेको थियो । असार १८ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको