भर्खरै मात्रै धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)बाट सञ्चालन अनुमति पाएको हिमालयन ब्रोक्रेज (ब्रोकर नम्बर ६३) कम्पनी लिमिटेडले आफ्नो कारोबार शुभारम्भ गरेको छ । गत विहीवार कम्पनीको केन्द्रीय कार्यालय डिल्लीबजारमा कारोबार शुभारम्भ गरिएको हो ।
कम्पनी प्रवद्र्घक समुह जोय ग्रुपका अध्यक्ष सागर ढकाल एवम् सञ्चालक र कर्मचारीहरूको उपस्थितिमा सानी बालिका आरजु पौडेलले सफ्टवेयर पद्वतिमा आधारित बटम क्लिक गरी सेयर ट्रेडिङ शुभारम्भ गरेका थिए । योसँगै पुँजी बजारको क्षेत्रमा नयाँ कम्पनीहरूले आफ्नो कारोबार थालेका छन् ।
कारोबार शुभारम्भको अवसरमा धितोपत्र ब्रोकर एसोसिएसन नेपालका अध्यक्ष समेत रहेका ढकालले पुँजी बजारको क्षेत्रमा बढ्दो आकर्षणलाई सम्बोधन गर्न कम्पनी पूर्ण प्रतिवद्घ रहेको बताउँदै आगामी दिनमा लगानीकर्ताको मनोवल उकास्दै नेपालको सेयर बजारलाई थप सदृढ, विश्वसनीय र प्रतिफलमूलक बनाउँदै लगिने विश्वास व्यक्त गरे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस