Like us!
Follow us!
Connect us!
Watch us!

आईएमई लाइफ इन्स्योरेन्सः चालू आवको तेस्रो त्रयमाससम्म २ अर्ब ९८ करोड बढी बीमा शुल्क आर्जन

अर्थ संसार

आइतबार, ३१ असार २०८०, ११ : ३४ मा प्रकाशित

आईएमई लाइफ इन्स्योरेन्सः चालू आवको तेस्रो त्रयमाससम्म २ अर्ब ९८ करोड बढी बीमा शुल्क आर्जन

चालू आर्थिक वर्षको तेस्रो त्रयमाससम्म आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रु.२ अर्ब ९८ करोड ५८ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले आज जारी गरेको प्रेस नोटमा कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रयमाससम्म २ अर्ब ९८ करोड भन्दा माथि बीमा शुल्क आर्जन गरेको जानकारी दिएको हो । 

साथै, सोही अवधिसम्ममा कम्पनीको जगेडा कोषमा रु.१ अर्ब १० करोड ५ लाख रुपैयाँ सञ्चिती रहेको छ भने जीवन बीमा कोषमा रु.६ अर्ब ७ करोड ७३ लाख रुपैयाँ रहेको एवं कम्पनीको दीर्घकालिन लगानी तथा कर्जा रकम रु.८ अर्ब ४ करोड ७१ लाख रुपैयाँ रहेको छ । 

तेश्रो त्रयमाससम्ममा कम्पनीको खुद नाफा रु.१८ करोड २४ लाख रुपैयाँ रहेको छ भने यस अवधिसम्म कम्पनीको वार्षिक प्रति सेयर आम्दानी रु.८ रुपैयाँ ६९ पैसा र प्रति सेयर नेटवर्थ १४३ रुपैयाँ ६७ पैसा रहेको छ ।

कम्पनीले मिति २०७४-०३-२० मा नेपाल बीमा प्राधिकरण (तत्कालिन बीमा समिति) बाट जीवन बीमाको कार्य गर्ने ईजाजतपत्र गरी मिति २०७४-०४-०१ गतेदेखि बीमा व्यवसायको कार्य सञ्चालन गर्दै आएको र हाल कम्पनीको अधिकृत पुँजी रु.५०० करोड तथा जारी तथा चुक्ता पुँजी रु.४०० करोड रहेको छ । 

नेपालभर १४० वटा शाखा-उपशाखा कार्यालय रहेको यस कम्पनीले  सर्वसाधारण समुहतर्फ छुट्याइएको ४० प्रतिशत अर्थात रु.१२० करोड बराबरको सेयर हालै मात्र सार्वजनिक निष्कासन गरी बाँडफाँट समेत गरिसकिएको छ । मिति २०८०-०३-२१ गतेदेखि मिति २०८०-०३-२५ गतेसम्म सर्वसाधारणको लागि सेयरको निष्कासन तथा बिक्री खुल्ला भएको यस कम्पनीको सार्वजनिक निष्कासनमा सर्वसाधारण लगानीकर्ताहरुको उत्साहप्रद सहभागिता रहेको थियो ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको